हेटौँडाका संक्रमितको चितवनमा निधन

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका- ९ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ मा श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । 

उनको भदौ ९ मा कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघन कक्षमा उपचार हुँदै आएको थियो ।
 

सुझावित समाचार