रत्ननगरका मेयरलाई कोरोना पुष्टि

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । २८ भदौमा स्वाब दिएका वनको १ असोजमा कोरोना पोजेटिभ नतिजा आएको हो । 

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । स्वाब दिने वेलामा केही लक्षण देखिएको भए पनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

रत्ननगर नगर कार्यपालिकाका प्रेस संयोजक होमनाथ सापकोटाका अनुसार मेयर वन अहिले आफ्नै घरको आइसोलेसनमा छन् । 
 

सुझावित समाचार