कर्णाली प्रदेशका चार जिल्ला कोरोना संक्रमणमुक्त

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

कर्णालीका चार जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । 

कर्णालीका १० जिल्लामध्ये कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमणमुक्त भएका हुन् ।

कालिकोट एक सय, हुम्ला नौ, मुगु १३ र डोल्पा ५ जनामा कोरोना संक्रमण देखिएको र ती सबैमा कोरोना संक्रमण निको भएर घर फर्किसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए । 

‘कर्णालीका चार जिल्लामा कोरोना पछिल्लो समय कोरोना संक्रमणको पुष्टि भएको छैन् ।’ उनले भने, ‘ती जिल्लाहरु कोरोना संक्रमण मुक्त भएका छन् ।’

प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ रहेको र त्यसमध्ये संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ रहेको महाशाखाका प्र्रमुख शाहीले बताए । 

होम आइसोलेसनमा बस्ने सुर्खेत जिल्लाका मात्र
कोरोनाका हाल संक्रिय बिरामीमध्ये सुर्खेतका सबैभन्दा बढी होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

संक्रिय संक्रमित ३ सय ३ जनामध्ये सुर्खेतमा १ सय ४ जना होम आइसोलेसनमा बसेका छन् ।

महाशाखाका अनुसार कोरोनाका संक्रिय संक्रमितमध्ये सुर्खेतमा १ सय ८२ जना, सल्यानमा ३९ जना, दैलेखमा १८ जना, रुकुमपश्चिममा ९ जना, जुम्ला ६ जना र जाजरकोटमा ४ जना रहेको महाशाखाले जानकारी दिएको छ ।

सुझावित समाचार