गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषको निधन

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गुमेको छ । 

योसँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ । 

मणिपाल मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार राति ११ः२० बजे उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।  

ती वृद्धमा २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनी क्यान्सरको बिरामी रहेको निर्देशनालयका निर्देशक डा. शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

सुझावित समाचार