विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ९५ लाखनजिक पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा दुई करोड ९४ लाख ४९ हजार ६३ जना कोरोना भाइरसको संक्रमित भएका छन् ।
त्यसमध्ये नाै लाख ३२ हजार आठ सय दुईजनाको निधन भएको छ । अर्थात् यति मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनुपरेको छ ।
कुल संक्रमितमध्ये २ करोड १२ लाख ८० हजार दुई सय ९८ जना मानिसमा भने कोरोना निको भएको छ ।
हाल ७२ लाख कोरोना संक्रिय बिरामीका रूपमा रहेका छन् । जसमा ६० हजार सात सय ९५ हजार संक्रमितको अवस्था भने जटिल रहेको जनाइएको छ । ७१ लाख ७५ हजार एक सय ६८ जनाको अवस्था भने सामान्य रहेको छ ।
सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको बुआनबाट फैलिएको कोरोना भाइरस हाल विश्वका दुई सय १५ देशमा फैलिन पुगेको छ ।
जसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ । पर्यटन र हवाई उडान उद्योग लगभग ठप्पजस्तो हुन पुगेका छन् । त्यसैगरी अन्य अर्थतन्त्रका क्षेत्रहरूको गतिविधिमा गिरावट आएको तथ्यांकहरू सार्वजनिक भएका छन् ।