बारा र रौतहटमा गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका २६ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
उनका अनुसार २६ जना संक्रमितमध्ये रौतहटका २३ र बाराका तीनजना रहेका छन् ।
जसमा गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार, गरुडाकै सिभिल बैंकका चार,सशस्त्र प्रहरी हजमिनियाका दुईजना र गरुडा इलाका प्रहरी कार्यालयमा एकजना संक्रमित थपिएका छन् ।
यस्तै माधवनारायण नगरपालिका- ३ र वडा ४ मा एक–एकजना, गरुडा नगरपालिकाको विभिन्न वडामा नौजना, चन्द्रपुर नगरपालिका- ६ मा एकजनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाराका पर्सौनी गाउँपालिका- २ मा एकजना, जितपुर सिमरा उपमहानगरपालिका- ४ र वडा १२ मा एक–एकजना संक्रमित थपिएका छन् ।