संक्रमित थप १५ जनाको मृत्यु, हालसम्म तीन सय ६० जनाको निधन

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमित थप १५ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १० पुरुष र पाँचजना महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ६ जना, मोरङका दुईजना, ललितपुर, भक्तपुर, गोर्खा, कपिलवस्तु, नवलपरासी, पर्सा र रामेछापका एक–एकजना रहेको मन्त्रालयले जनाएको छ । 

योसमेत देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

सुझावित समाचार