कपिलवस्तुका दुई कोरोना संक्रमितको रुपन्देहीको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुको शिवराज नगरपालिका– ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
त्यसैगरी कपिलवस्तु शिवराज नगरपालिका– ५ का एक पुरुषको भैरहवास्थित भीम अस्पतालमा आइतबार राति साढे १० बजे मृत्यु भएको हो ।
मृत्यु हुने महिला मिर्गौलासम्बन्धी बिरामी भई डायलाइसिस गराइरहेकी थिइन् ।
भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि तीन दिनअघि आइसियूमा राखेर उपचार गरिएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । उनी दमका बिरामी थिए ।