बाल दिवसमा प्रधानमन्त्रीकाे शुुभकामना सन्देश- यही वर्ष सडकबालबालिकामुक्त राष्ट्र घोषणा हुन्छ

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चालू आर्थिक वर्षभित्रै नेपाललाई ‘सडकबालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले ‘सडकबालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत नेपाललाई यही आर्थिक वर्षभित्र सडकबालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरूलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

विश्वभर फैलिएको कोभिड– १९ महामारीबाट आक्रान्त समाजमा बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर परेको भन्दै प्रधानमन्त्री ओलीले महामारीको सामना गरेर बालबालिकाले जीवनको परीक्षासमेत उत्तीर्ण हुन सिकेका बताएका छन् । 
 

सुझावित समाचार