लमजुङमा कोरोना भाइरसबारे गलत प्रचार गर्ने तीनजना कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र ११ का २९ वर्षीय पुरुषलाई कारबाही गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाहीस्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनीहरूलाई सामाजिक सञ्जाल र कोरोना संक्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना संक्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाएकाले कारबाही गरिएको शर्माले बताए ।
संक्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भए पनि पहिलोपटक भएकाले कारबाहीस्वरूप उक्त जरिवाना लिएर छाडेको शर्माको भनाइ छ ।