रेशम चौधरीलाई रिहा गर्न जसपाको माग

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरीलगायतका नेता–कार्यकर्ताहरूमाथि सरकारले लगाएका मुद्दा खारेज गरी  यथाशीघ्र रिहा गर्न माग गरेको छ । 

आइतबार विज्ञप्ति जारी गर्दै जसपाले भनेको छ, ‘जनआन्दोलन, सशस्त्र विद्रोह–जनयुद्ध तथा ऐतिहासिक मधेस जनविद्रोह र थरुहट आन्दोलनलगायतका विगतमा भएका संघर्ष र बलिदानकै परिणामस्वरूप मुलुकमा राजनीतिक परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल स्थापना भएको हो । तर, उक्त आन्दोलन खासगरी मधेस/थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्ताहरूमाथि सरकारद्वारा मुद्दा चलाउने, धनसम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझैसम्म जारी नै रहिरहेको छ ।  यस्ता कार्य बन्द गरी हाल जेलमा राखिएका जसपा नेपालका नेता रेशम चौधरीलगायतका नेता–कार्यकर्ताहरूमाथि सरकारले लगाएका मुद्दाहरू खारेज गरी यथाशीघ्र रिहाइ गरिनुपर्दछ ।’

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका चौधरी अहिले थुनामा छन् ।

सुझावित समाचार