काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप पाँच सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा काठमाडौं जिल्लाका चार सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आइतबार एक हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् ।