कोरोना मिटर : आज एक हजार ३९ जना संक्रमित थपिए, ११ सय ७३ जना निको भए

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा नौ हजार एक सय ६५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ ।

त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ७१.५ प्रतिशत रहेको छ ।

हाल सक्रिय संक्रमित भने १५ हजार एक सय १७ जना छन् । त्यसमध्ये सात हजार सात सय ३० जना संस्थागत र सात हजार तीन सय ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये एक सय ७९ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए । 
 

सुझावित समाचार