कोरोना संक्रमण पत्ता लगाउन गरिने पिसिआर परीक्षण अब दुई हजारमै

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

ललितपुरको कुपण्डोलस्थित बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । चार हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब दुई हजारमै पिसिआर परीक्षण गराउन सकिने जनाइएको छ । 

सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध ल्याब व्यवस्थापनले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

बिधका सञ्चालक भीमकान्त भण्डारीले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको बताए । 

अब यो कोरोना उन्मूलन गर्नुपर्ने अवस्थामा पुगेको भन्दै भण्डारीले भने, ‘हामीले ल्याबमा लाग्ने खर्च मात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएका हौँ ।’

उनका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुने गरी शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने उनले बताए । 

गत १३ साउनमा सरकारबाट मान्यता लिएर यस ल्याबले कोरोना परीक्षण गराउँदै आएको छ । 

ल्याबले दैनिक चार हजारभन्दा बढी कोभिड परीक्षण गर्न सक्ने जनाएको छ । 
 

सुझावित समाचार