गण्डकी प्रदेशमा थपिए ६५ संक्रमित

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा आइतबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । 

योसँगै गण्डकीमा हालसम्म दुई हजार नौ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा पाँच सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन् । आजसम्म एक हजार आठ सय ६१ निको भएर घर फर्किएका छन् । गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

सुझावित समाचार