गण्डकी प्रदेशमा १६ आर्मीसहित थप ३६ जनामा कोरोना संक्रमण

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

लमजुङका १७ जनासहित गण्डकी प्रदेशमा आइतबार बिहान थप ३६  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा लमजुङ सुन्दरबजार- ९ का १६ जना र  बेसीसहर– २ का एकजना छन् ।  सुन्दरबजार– ९ का सबैजना नेपाल आर्मीमा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।  

निर्देशनालयका अनुसार नवलपुरमा आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ४, ७, १० र ११ का एक–एकजना र वडा नम्बर– १६ मा दुईजना, मध्यबिन्दु नगरपालिका वडा नम्बर– १ र  हुप्सेकोट गाउँपालिका वडा नम्बर– ४ मा एक–एकजना संक्रमित भएका छन् । 

स्याङ्जामा  चारजना संक्रमित भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिकामा वडा नखुलेका दुईजना, वडा नम्बर २ र ३ का एक–एकजना छन् ।

कास्कीमा ६ जना संक्रमित भएका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १, ५, ६, ९, १६ र १७ का एक–एकजना संक्रमित भएका हुन् । तनहुँमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार संक्रमित हुनेमध्ये पोखरा–१६ की २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत हुन् ।

पुतलीबजार– ३ का ७६ वर्षीय पुरुष र पोखरा महानगर वडा नम्बर ९का ७० वर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा कार्यरत छन् । 
 

सुझावित समाचार