कोरोनाका कारण स्याङ्जाका एक वृद्धको पोखरामा निधन

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

कोरोनाका कारण स्याङ्जाका एक वृद्धको पोखरामा निधन भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार केन्द्रमा उपचारका क्रममा शनिबार बिहान उनको ज्यान गएकाे हो ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर- १ का ८५ वर्षीय पुरुषको बिहान ६:३२ बजे ज्यान गएको हो । उनलाई २४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात् आइसियूमा भर्ना गरी उनको उपचार भइरहेको थियो । 

योसँगै कोरोनाका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । गण्डकी प्रदेशभर कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या भने २३ पुगेको छ । 
 

सुझावित समाचार