काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा संक्रमण

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकोमा काठमाडौं जिल्लाका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जनघनत्व बढी भएकाे उपत्यकामा केही दिनयता संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

आज देशभर १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । 
 

सुझावित समाचार