पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार सात सय एकजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबारको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार नौ सय १९ पुगेको छ ।
विगत २४ घन्टामा नौ सय ७२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
हालसम्म संक्रमणमुक्त भएर ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणमुक्त हुने दर ७१ प्रतिशत रहेको जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या १४ हजार नौ सय २५ छ । त्यसमध्ये आठ हजार दुई सय ९१ जना संस्थागत र ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा छन् ।
संक्रमितमध्ये एक सय ७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।