हुम्ला खार्पुनाथ– ४ का वडाध्यक्षको मृत्यु

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ का अध्यक्ष लोकजंग हमालको मृत्यु भएको छ ।

हमाल एक हप्ताअघि लडेर घाइते भएपछि नेपालगन्जको एक अस्पतालमा उपचाररत थिए । अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनकाे बाटोमै मृत्यु  भएको हो ।

उपचारका लागि काठमाडौं लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

 हमाल नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।   

सुझावित समाचार