पूर्वउपसभामुख इन्दिरा रानामगर बैंकक प्रस्थान

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्।

अक्टोबर १४ मा आयोजना हुने ‘ग्लोबल थ्रेड एलाइन्स (जिटिए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा क्यापिटल राउन्डटेबल’मा सहभागी हुन मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्। ‘द मरिडियन कलेक्टिभ’को आयोजनामा हुन लागेको उक्त सम्मेलनलाई सांसद रानामगरले सम्बोधन गर्ने कार्यक्रम छ। 

दक्षिण तथा दक्षिणपूर्वी एसियाका कपडा उद्योगमा वातावरणमैत्री र कार्बन उत्सर्जन घटाउने प्रक्रियालाई तीव्र बनाउने, हरित प्रविधि प्रवर्द्धन गर्ने र क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो।

द मरिडियन कलेक्टिभकी सिइओ ऋत्विका भट्टाचार्यका अनुसार सम्मेलनका क्रममा नवीकरणीय ऊर्जा, ऊर्जा तथा प्रक्रियागत दक्षता, पानीको पुनरावृत्तीय प्रयोग, हरित उत्पादन र जलवायु वित्त संयन्त्रजस्ता महत्त्वपूर्ण विषयहरूमा बहुपक्षीय छलफल हुनेछ।   

सांसद रानामगर बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

सुझावित समाचार