काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबिच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका अवसरमा नेपाल र स्विट्जरल्यान्डबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
यसै वर्ष नेपाल र स्विट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै छ। सन् १९५६ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
दुई मुलुकबिच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।