भारतमा एकैदिन ९५ हजारजनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अहिलेसम्मकै एकैदिन संक्रमित भेटिएको सबैभन्दा धेरै भएको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
पछिल्लो विवरणअनुसार पछिल्लो २४ घन्टामा भारतमा ९५ हजार सात सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसमेत भारतमा संक्रमित हुनेको कुल संख्या ४४ लाख ६५ हजार आठ सय ६४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
संक्रमितमध्ये ३४ लाख ७१ हजार सात सय ८४ जना भने निको भइसकेका छन् । नौ लाख १९ हजार १८ जना संक्रमित अवस्थामा रहेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।