गण्डकी प्रदेशमा बिहीबार बिहान थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार थपिएका संक्रमितमध्ये १९ जना पोखरा महानगरका र बाँकी आसपासका जिल्लाका छन् ।
आज थप भएका संक्रमितमध्ये स्याङ्जाको पुतलीबजारका १२ जना, बाग्लुङको बरेङ, गलकोट र जैमिनीका गरी नौजना छन् । यस्तै तनहुँको भिमादमा तीनजना, पर्वतका एकजना, नवलपुरको कावासोतीका चार र देवचुली नगरपालिकाका एकजना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई हजार सात सय २८ पुगेको छ । सक्रिय संक्रमितको संख्या नौ सय छ भने एक हजार आठ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएको निर्देशक डा. शर्माले बताए ।