कोरोना मिटर : आज एक हजार ८१ संक्रमित थपिए, कुल संक्रमित ४९ हजार दुई सय १९

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

बुधबार थप भएकोसमेत देशभर संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको छ ।

यो अवधिमा ११ हजार एक सय ६७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घन्टामा नौ सय १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

संक्रमण निको हुनेको संख्या ३३ हजार आठ सय ८२पुगेको छ ।

संक्रमणमुक्त हुने दर बुधबार ६८.८ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमित १५ हजार २५ जना छन् । त्यसमध्ये सात हजार नौ सयजना संस्थागत र  हजारजना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

गौतमका अनुसार संक्रमितमध्ये एक सय ६२ जनाको आइसियूमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार