नेकपामा अब विवाद छैन : नेता पौडेल

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र अब विवाद नरहेको बताएका छन् । जनयुद्धका सहिद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २१औँ स्मृति दिवसमा नेकपा बाग्लुङले आयोजना गरेको कार्यक्रममा पौडेलले पार्टीभित्रको सबै विवाद समाधान भएको बताएका हुन् । 

उनले पार्टीको अबको ध्यान महाधिवेशनमा केन्द्रित भएको बताए ।  ‘पार्टीमा अब विवाद छैन, स्थायी कमिटी बैठक पनि बस्दै छ, एकता सुदृढ बन्छ,’ पौडेलले भने, ‘सहिदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुर्को  विकल्प छैन ।’ गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पुऱ्याएको योगदानलाई कसैले पनि कम आक्न नहुने पौडेलको भनाइ छ । ‘कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो,’ पौडेलले भने, ‘जनयुद्ध समाज रूपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।’

बाग्लुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले सहिद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रूपमा स्मरण गरे । ‘उहाँहरूसँग एउटै कमिटी र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, सैन्यकौशल भएको र कुशल योजनाकारका रूपमा उहाँ चिनिनुहुन्थ्यो,’ पौडेलले भने । 

सुझावित समाचार