विश्वभर करिब एक करोड ९६ लाख कोरोना संक्रमित निको भए

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

विश्वभर एक करोड ९५ लाख ९२ हजार दुई सय ८० जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जनालाई कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले मंगलबार दिएको जानकारीअनुसार अहिले संक्रमित अवस्थामा ७० लाख तीन हजार सात सय ७६ जना मात्र छन् ।

संक्रमितमध्ये ६० हजार दुई सय ९८ जना गम्भीर रहेको डब्ल्लुएचओले जनाएको छ ।

संक्रमणबाट हालसम्म आठ लाखा ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको छ । 

संक्रमणबाट बढी प्रभावित पाँच मुलुक
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा ६४ लाख ८५ हजार पाँच सय ७५ जना संक्रमित भएका छन् । त्यसमध्ये ३७ लाख ५८ हजार ६ सय २९ जना निको भएको र एक लाख लाख ९३ हजार पाँच सय ३४ व्यक्तिको मृत्यु भएको छ । 

दोस्रो बढी प्रभावित भारतमा ४२ लाख ८० हजार चार सय २२ जना संक्रमित भएका छन् । भारतमा ३३ लाख २३ हजार नौ सय ५० जना संक्रमणमुक्त भएका छन भने ७२ हजार आठ सय १६ जनाको मृत्यु भएको छ । 

तेस्रो प्रभावित ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जना कोरोना संक्रमित भएकोमा ३३ लाख ५५ हजार पाँच सय ६४ जना निको भएका छन् । त्यहाँ एक लाख २७ हजार एकजनाको मृत्यु भएको छ ।  

चाैथाे रुसमा १० लाख ३० हजार ६ सय ९० जना संक्रमित भएकोमा आठ लाख ४३ हजार दुई सय ७७ जना निको भइसकेका छन् । १७ हजार आठ सय ७१ जनाको मृत्यु भएको छ । 

पाँचाैँ बढी प्रभावित पेरूमा ६ लाख ९१ हजार पाँच सय ७५ जना संक्रमित भएका छन् ।  त्यसमध्ये पाँच लाख २२ हजार दुई सय ५१ जना संक्रमणमुक्त भएको र २९ हजार नौ सय ७६ जनाको मृत्यु भएको छ ।

सुझावित समाचार