बारा, पर्सा र रौतहटका गरी २९ जना कोरोना संक्रमित थपिए

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

बारा, पर्सा र रौतहटका गरी थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका २९ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार आठ महिलासहित २९ जनामा कोरोना  संक्रमतिमध्ये पर्साका १३ जना, बाराका नाैजना र  रौतहटका सातजना छन् ।

जसमा वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा आठजना संक्रमित थपिएका छन् । 

यस्तै वीरगन्जका चारजना संक्रमितको वडा खुलेको छैन भने वीरगन्जको नेपाली सेनाकाे ब्यारेकका एकजना रहेका छन् ।

यस्तै पर्साको कालिकामाई गाउँपालिकाका दुईजना, सखुवाप्रसौनी गाउँपालिकाका दुईजना संक्रमित थपिएका छन् । विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका तीनजनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकाका दुईजना, बारागढी गाउँपालिकाका चारजना, स्वर्ण गाउँपालिकामा एकजना र इलाका प्रहरी कार्यालय बारागढीमा एकजनामा कोरोना पुष्टि भएको छ भने रौतहटका सातजना संक्रमित गरुडा प्रहरी कार्यालयका हुन् ।

योसँगै पर्सामा हालसम्म दुई हजार चार सय एकजना कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये एक हजार पाँच सय सातजना निको भएका छन् ।

यस्तै पर्साका मात्रै हालसम्म ४२ जनाको कोरोना संक्रमितको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

सुझावित समाचार