पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका– १० गन्जभवानीपुरका ६० वर्षीय पुरुष रहेका छन् ।
उनको नारायणी गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
उनका अनुसार मृतक पुरुषमा मधुमेह र मुटुको समस्या थियो । उनी भदौ १४ गतेदेखि कोभिड अस्पतालमा भर्ना भएर उपचाररत थिए ।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । साउनयतामा मात्रै ५६ जनाको मृत्यु भएको छ ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६० मध्ये दुई बेवारिसे पुरुषसहित पर्साका ४२, बाराका १३, रौतहटका चार र सर्लाहीका एकजना रहेका छन् ।