गुहेश्वरी मर्चेन्टको २०औँ शाखा पोखरामा

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पोखराको न्युरोडमा आफ्नो २०औँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्युरोड पोखरासँगै कम्पनीका शाखा सञ्जाल देशभर २० वटा पुगेका र २ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको जानकारी दिएका छन् । संस्थाले सम्पूर्ण बैंकिङसँगै एटिएम, एसएमएस, इ–बैंकिङ, इसिसी, आइपिएस, मोबाइल बैंकिङ, लकर सुविधा, टपअप सुविधा, विभिन्न विप्रेषण सेवा प्रदानसँगै व्यक्तिगत खाताका लागि ३ लाखसम्मको निक्षेप बिमासमेत गरिएको 
गौतमले बताए । 

सुझावित समाचार