सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दायित्व नामक संस्थालाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

युवाहरूलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाणमा आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले दायित्व नामक संस्था स्थापना भएको जनाइएको छ । 

संस्थालाई बैंकले पु¥याएको सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति–निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सुझावित समाचार