कोरोना संक्रमित थप नौजनाको मृत्यु, हालसम्म संक्रमणबाट दुई सय ८९ जनाकाे निधन

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया र झापाकी ४५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौंका तीनजना छन् । काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

याेसमेत नेपालमा संक्रमणबाट हालसम्म मृत्यु हुनेकाे संख्या दुई सय ८९ पुगेकाे छ ।

सुझावित समाचार