भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

योसमेत भारतमा कुल संक्रमितको संख्या ४१ लाख १३ हजार आठ सय १२ पुगेको छ । 

तीमध्ये ३१ लाख ८० हजार आठ सय ६६ जना निको भइसकेका छन् । 

सक्रिय संक्रमित आठ लाख ६२ हजार तीन सय २० जना मात्र रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ । 
 

सुझावित समाचार