ललितपुरका प्रजिअ भन्छन्- दशैँसम्म निषेधाज्ञा गर्नुपर्छ

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले दशैँसम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने बताएका छन्।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले यस्ताे बताएका हुन् । 

उनले भने, ‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ।’

तिजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनको भनाइ थियो ।

ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको उनले बताए।  विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराए ।

उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो ।’

सुझावित समाचार