कोरोना संक्रमणबाट युएईमा पाँच नेपालीको निधन

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट युएईमा एक सातामा पाँचजना नेपालीको निधन भएको छ ।  

योसमेत विदेशका विभिन्न देशमा संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या शनिबारसम्म दुई सय पुगेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलोपटक कोरोना संक्रमण देखिएको उल्लेख गर्दै समितिका संयोजक डा. सञ्जीव सापकोटाले जापान, अष्ट्रेलिया, कतारलगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको बताए  ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, भारत,  दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीको मृत्यु भएको हो ।
 

सुझावित समाचार