कोरोना संक्रमित थप नौजनाको मृत्यु, हालसम्म दुई सय ८० को निधन

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप नौजनाको निधन भएको छ ।

निधन हुनेमा तीन महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

त्यसैगरी पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको निधन भएको हो ।

संक्रमणबाट निधन हुने महिलामा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया छन् । 

डा. गौतमले शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या दुई सय ८० पुगेको बताए ।

सुझावित समाचार