कोरोना मिटर : आज १५ सय ६६ निकाे भएर डिस्चार्ज, थप एक हजार ४१ जना संक्रमित

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभरिमा १५ सय ६६ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

यो अवधिमा १२ हजार चार सय ७३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार दुई सय ७७ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या २७ हजार एक सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमणुक्त हुने दर ६० प्रतिशत पुगेको छ ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या अहिले १७ हजार आठ सय ७० छ ।

संक्रमतिमध्ये २४ जना भेन्टिलेटर र एक सय ६७ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
 

सुझावित समाचार