बुटवलको कोरोना विशेष अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका– २ निवासी ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल– ११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र श्वासप्रस्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो ।