महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिसँग सम्झौता गरेको छ।
सम्झौतामा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक–सेयरधनीहरू साथै कर्मचारीले डाक्टर सेवा, फिजियोथेरापी र डाइटियन सेवामा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवा र ल्याब टेस्ट शुल्कमा अधिकतम २० प्रतिशत र ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत छुट दिने उल्लेख छ ।
साथै, डाक्टरसँग अनलाइन कनसल्ट, औषधि तथा मेडिकल उपकरणहरूको डेलिभरी सेवा निःशुल्क रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।