पछिल्लो २४ घन्टामा देशभर थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १३ हजार चार सय १३ जनाको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।
विगत २४ घन्टामा नौ सय १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार दुई सय सात पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको छ ।
हाल सक्रिय संक्रमित १८ हजार चार सय १३ जना छन् ।
संक्रमितमध्ये १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ४९ जना होम आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।