भारतमा एकैदिन करिब ८४ हजारजनामा कोरोना संक्रमण भेटिएको छ । यो एकैदिन संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ८३ हजार आठ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो थपसमेत भारतमा कुल संक्रमितको संख्या ३८ लाख ५३ हजार चार सय सात पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये २९ लाख ७० हजार चार सय ९३ जना भने निको भइसकेका छन् । अहिले भारतमा सक्रिय संक्रमित भने आठ लाख १५ हजार पाँच सय ३८ जना छन् ।
संक्रमणकै कारण भारतमा अहिलेसम्म ६७ हजार तीन सय ७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।
भारतमा देशभरि एकैदिनमा ११ लाख ७२ हजार एक सय ७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ ।
भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ ।