आत्महत्या गरेकी महाेत्तरीकाे बर्दिबास नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास– ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी ८७ वर्षीया महिलामा कोरोना परीक्षण नतिजा पोजिटिभ आएको जानकारी दिए ।
उनको १५ भदौमा कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको कार्कीले बताए ।
राससका अनुसार यसअघि ११ भदौमा उनकै घरका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।