नेपाली कांग्रेस कञ्चनपुरका नेता मीनबहादुर सिंहलाई कोरोना संक्रमण देखिएको छ । कामविशेषले धनगढी गएका वेला संक्रमित एक कानुन व्यवसायीसँग भेटभाट भएपछि उनले पनि सेती प्रादेशिक अस्पतालमा स्वाब नमुना दिएका थिए ।
बुधबार सेती प्रादेशिक अस्पतालको रिपोर्टमा सिंहलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई महाकाली अस्पतालमा ल्याइएको छ । कांग्रेस कञ्चनपुरका पूर्वसहसचिवसमेत रहेका सिंह यसअघि पार्टीका विभिन्न काममा सहभागी भएका थिए ।
कांग्रेस नेता सिंहको सम्पर्कमा आएका व्यक्तिलाई पिसिआर परीक्षण गराउन सभापति बोहराले आग्रह गरे ।