भीम अस्पताल भैरहवामा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

भीम अस्पताल भैरहवामा उपचाररत बुटवल उपमहानगरपालिका– ६ का ५७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलबाट १५ भदौमा भैरहवा आएका संक्रमितको बुधबार दिउँसो हृदयघातबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । 

उनले भने, ‘उहाँ पहिलेदेखि नै मुटुको बिरामी हुनुहुँदोरहेछ । बुधबार दिउँसो तीन बजेतिर अचानक हृदयघातबाट निधन भयो ।’ यसअघि नवलपरासी रामग्राम नगरपालिका– ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो । बुधबार नै बुटवल कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो । 

भीम अस्पतालमा तीनजना बिरामी आइसियू र अन्य २१ संक्रमित उपचाररत छन् ।
 

सुझावित समाचार