प्रदेश १ मा बुधबार एक सय ३७ कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश १ बाहिरका चारजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामध्ये सात महिला र ५१ जना पुरुष रहेका छन् ।
धरानमा सात , बर्जुमा दुई, इनरुवा र भोक्राहा नरसिंहमा एक–एक र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको कमल गाउँपालिकामा तीन महिला र तीन पुरुष, मेचीनगरमा तीन पुरुष, बिर्तामोड र गौरीगन्जमा एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भोजपुरको हतुवागढीमा तीन पुरुष, पाँचथरको स्थानीय तह नखुलेका एक पुरुष र प्रदेश १ बाहिरका दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९१ पुगेको छ ।
प्रदेश १ मा शनिबार ८४ जना डिस्चार्ज भएका छन् । शनिबारसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ८७ जना पुगेको छ ।