कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित भएर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिकाका– ११ की ६० वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । 

७ भदौमा कोरोना पुष्टि भएपछि उनलाई कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना गरिएको थियो । 

उच्च रक्तचापको बिरामी रहेकी उनमा श्वासप्रश्वासको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

सघन उपचार कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । 
 

सुझावित समाचार