मोरङमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा थप, दिउँसो ४ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

अत्यावश्यक सेवा व्यवसाय अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोरङमा २२ भदौसम्मका लागि निषेधाज्ञा थप भएको छ ।

जिल्ला सुरक्षा समिति मोरङको बैठकले २२ भदौ राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।  

यसअघि प्रशासनले  ११ भदौदेखि दिउँसो १२ बजेसम्म सबै व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने गरी १६ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।   

मंगलबावार थप गरिएको निषेधाज्ञाअनुसार २२ भदौ मध्यरातिसम्म आलोपालो गरेर निजी सवारीसाधन सञ्चालन हुन पाउने छन् ।

यसैगरी होटेल, रेस्टुरेन्टहरूले होम डेलिभरी सेवा पनि सञ्चालन गर्न सक्नेछन् । तर, जिम क्लब, सैलुन, ब्युटिपार्लर, हाटबजार, कभर्ड हल भने बन्द नै रहनेछन् । 

मन्दिर, मस्जिद र गिर्जाघरहरूमा सामाजिक दूरी कामय गरेर प्रार्थना गर्न पाउने छन् । तर, उत्सव, जात्रा आदि आयोजना गर्न भने पाइने छैन । 

सुरक्षा मापदण्ड कायम गरेर उद्याेगहरू सञ्चालन हुन सक्नेछन् । १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथि उमेरका व्यक्तलाई घरबाहिर निस्कन प्रतिबन्ध हुनेछ ।  

लकडाउनपछि पहिलोपल्ट ५ भदौमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न विराटनगर महानगरपालिकासहित मोरङको रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा १० भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

सुझावित समाचार