सशस्त्र प्रहरी गण पोखराका २० जनामा कोरोना पुष्टि

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

सशस्त्र प्रहरी गण पोखराका २० जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पार्दीमा रहेको उक्त गणमा यसअघि १७ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । 

बुधबार बिहान उक्त गणका २० सहित गण्डकी प्रदेशमा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, लमजुङ र नवलपरासीमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको  छ ।

कास्कीमा २३, नवलपुरमा सात, लमजुङमा चारजना र तनहुँमा एकजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँँका संक्रमित पोखरा पार्कल्यान्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स रहेको निर्देशनालयले जानकारी दिएको छ । 

लमजुङ सुन्दरबजारका ५० वर्षीय पुरुष ओमनबाट आएका र सुन्दरबजार– १ की ४९ वर्षीया महिला स्थानीय किरान पसल सञ्चालक हुन् । बुधबार निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकीमा संक्रमितको संख्या दुई हजार दुई सय ४५ पुगेको छ । मंगलबार गण्डकी प्रदेशमा ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 
 

सुझावित समाचार