बाराका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका– ९ का ९७ वर्षीय पुरुष रहेका छन् । 

उनको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा मंगलबार राति  मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । 

उनका अनुसार मृत्यु भएका पुरुषमा मुटुरोग र उच्च रक्तचापको समस्या  थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी तराई हस्पिटलमा भर्ना भएका थिए । पछि उनलाई  कोभिड अस्पतालमा रिफर गरिएको थियो । 

See More On

सुझावित समाचार