एक बालिकासहित कोरोना संक्रमित थप ११ जनाको निधन

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमित भई उपचाररत चार वर्षीया बालिकासहित थप ११ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमण भएर निधन हुनेको संख्या दुई सय ३९ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेमा एक बालिका र १० जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महोत्तरीकी चार वर्षीया बालिकाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पर्साका तीनजना ५३, ६० र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । 

काठमाडौंका दुईजना ३५ र ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए ।

गौतमका अनुसार संक्रमण भई मृत्यु हुने दर बढेर ०.५९ प्रतिशत पुगेको छ । 

सुझावित समाचार